स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे
काठमाडौ । नेपालमा मात्रै होईन विश्वका धेरै देशहरुमा विद्यालयमा विद्यार्थीलाई नेतृत्व गर्ने शिक्षा दिईन्छ । नेपालमा विशेष गरेर माध्यामीक तहसम्ममा विद्यार्थीका लागि विद्यार्थी नै नेता हुने परम्पर अहिले पनि कायमै छ । यस्तै कक्षाकोठामा भएको निर्वाचनमा हारेपछि एक छात्रले जीवन नै त्याग गरेका छन् ।
भारतको तेलंगाना भुवनगिरी जिल्लाको रमन्नापेटमा शुक्रवार कक्षा ८ मा अध्यन गर्ने विद्यार्थीको श ब रेलको पटरीकामा काटिएको अवस्थामा फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार उनले विद्यालयमा भएको मनिटरको चुनाव हारेका थिए । अहिले अड्कल लगाइएको छ कि यसकारण उनले जीवन त्याग गर्न पुगेका हुन् ।
डीसीपी नारायण रेड्डीका अनुसार उनी बिहिबार देखि नै वेपत्ता भएका थिए । चरण भोंगिरको कृष्णादेवी ट्यालेन्ट स्कूलमा उनी अध्यन गर्थे । यदी विद्यार्थीका परिवारले स्कुल विरुद्ध मुद्धा दायर गरेर घटना अगाडी बढ्न सक्ने बताइएको छ ।
छात्रकी आमा विजयालक्ष्मीका अनुसार १६ जुलाई स्कुलमा निर्वाचन भएको थियो ।उनले ५ देखि ६ भोटले हारेका थिए यसकारण अत्याधिक तनाबमा पनि थिए ।बिहिबार स्कुलबाट आएपछि उनले छोरालाई अन्तिम पटक देखिन् । स्कुलबाट आएर उनी हराए राती अबेरसम्म नआएपछि बिहिबार रातीदेखि नै खोजिकार्य तिव्र बनाइएको थियो ।
July 20, 2019 3:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी