विवाह गर्छु भन्दै बलात्कार ! छुट्टाछुट्टै घटना तर बलात्कार गर्ने बहाना उही
7 years अगाडी
Susma Dhakal
धनगढी। विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् । असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ का २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिए ।
त्यस्तै प्रहरीले साउन १ गते कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ का २५ वर्षीय प्रवेश रानालाई पक्राउ गरेको थियो । रानाले पनि विवाह गर्छु भनी जबरजस्ती करणी गरेका थिए । उनलाई कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतमा म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए ।
July 20, 2019 4:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...