गुल्मीको सत्यवती गाउँपालिकामा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु
गुल्मी – गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिकाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा अञ्जली विक, हेमान्सु विक, पम्फा विक र निर्मली विक रहेको प्रहरीले जनाएको छ । यस्तै, बाढीमा अन्य ५ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भैरहेको छ ।
यस्तै, सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको छ । घाइते २ जनाको उद्धार गरी अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा ११ जनाको टोली तम्घासबाट घटनास्थलतर्फ गए पनि पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।
वर्षाका कारण गुल्मीको रिडी–रुद्रबेण–वामीटक्सार सडकखण्ड समेत सोमबार रातिदेखि नै बन्द भएको छ । यो सडकखण्ड अन्तर्गत लुम्दी खोला, बादरे भीर, डहरे खोलामा बाढी र पहिरो गएर बन्द भएको सडक खुलाइएको तर केही ठाउँमा भने सडक बन्द रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
July 23, 2019 11:24 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी