Sunday 8th June 2025

बालिका जन्मिनासाथ दावी गर्न पुगे ३ पिता, अस्पताल र प्रहरी तनावमा

6 years अगाडी

कोलकाता। भारतको कोलकाताको एक निजी अस्पतालमा भर्खर जन्मिएकी बालिका आफ्नी छोरी भएको भन्दै ३ पिताले दावी गरेपछि हल्लाखल्ला भयो । पहिले त अस्पताल प्रशासनले विवाद सुल्झाउने कोसिस गर्यो तर पछि पुलिसको सहयोग लिनुपर्ने स्थिति आयो । टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार कोलकाताको गांगुली बगानको एक अस्पतालमा उत्तरपाडाकी २१ वर्षकी महिला २० जुलाइका दिन भर्ना भएकी थिइन् । उनले रमेश नामका एक युवकले अस्पताल ल्याएका थिए । रमेशले आफू महिलाको पति भएको बताएका थिए ।

भोलिपल्ट डाक्६रले महिलालाई अपरेशन थिएटरमा लिएर गए । यही बीचमा अर्का युवक हरिश अस्पताल पुगे। उनले पनि आफू ती महिलाको पति र हुनेवाला बच्चाको पिता भएको दावी गरे । यी दुई युवकबीच बहस सुरु भयो । यही बेला महिलाले छोरी जन्माइन् । दुई युवकबीच विवाद बढेपछि अस्पतालले पुलिसलाई खबर गर्यो । पुलिसले दुवै युवकलाई विवाहको प्रमाणपत्र ल्याउन भन्यो ।

दोस्रो दिन अस्पताल पुगेका हरिशले घर पुगेर विवाहको प्रमाणपत्र लिएर आए । उनले विवाहको प्रमाणपत्र ल्याएपछि महिलालाई अस्पताल ल्याउने युवक रमेशले आफू महिलाको पति नभएको बरु साथी भएको स्वीकार गरे । पुलिसले हरिश नै बालिकाको पिता भएको ठहर गर्यो तर घटनामा ट्वीस्ट तब आयो जब सुत्केही महिलाकी आमाले हरिशलाई आफूले नचिन्ने बताइन् । महिलाले ज्वाइँलाई नै नचिनेपछि फेरि तनाव भयो ।

यही बीचमा अर्का युवक अभिजित पनि अस्पताल पुगे । उनले आफू बालिकाको पिता भएको दावी गरे । उनले सुत्केरी महिलाको विवाह नै नभएको तर उनले जन्माएकी छोरीको पिता आफू भएको बताए । विवाद बल्झिएपछि पुलिसले सुत्केरी महिला होशमा आउँदासम्म प्रतिक्षा गर्ने निर्णय गर्यो । ती महिलालाई नै आफ्नो पति र बालिकाको पिता चिन्न लगाउने निष्कर्षमा पुलिस पुगेको थियो ।

बेलुकीपख महिलालाई होश आयो । पुलिसको सोधपुछमा सुत्केरी महिलाले हरिश नै आफ्नो पति र बालिकाको पिता भएको बताइन् । उनका अनुसार हरिशसँग उनको भेट एक पबमा भएको थियो । त्यसपछि दुवैको सम्बन्ध सुरु भयो । केही दिनपछि महिला गर्भवती भइन् । हरिशलाई लाग्यो कि महिलाको उमेर कम छ र विवाह गरेर परिवार बसाउने यो सही समय होइन । त्यसैले उनले महिलासँग विवाह गर्न अस्वीकार गरे ।

हरिशले विवाह गर्न अस्वीकार गरेपछि महिलाले उनीविरुद्ध बलात्कारको मुद्दा हालिदिइन् । त्यसपछि हरिशले महिलासँग बिहे गरे । तर, महिलाको परिवारले हरिशलाई ज्वाइँको रुपमा स्वीकार गरेनन् । त्यसपछि उनीहरु छुट्टाछुट्टै बस्न थाले । उनले महिलाले बच्चा जन्माउन लागेको कुरा महिलाको ह्वाट्सएप स्टाटसबाट थाहा पाएका थिए । त्यसपछि उनी अस्पताल पुगेका थिए । महिलाको परिवारले हरिशलाई ज्वाइँको रुपमा स्वीकार गर्न नचाहेकोले नक्कली पिता खडा गर्ने प्रयास गरेको पाइएको छ ।

          July 24, 2019 3:52 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...