डुबानमा पर्यो सप्तरीको गोबरगाढा गाउँ
सप्तरी – लगातारको वर्षाका कारणले सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् । लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिनुभयो ।
बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५ – ६ फिटसम्म पानी जमेको छ ।लगातारको वर्षाका कारण गोबरगाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमाननगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमाननगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा ,त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो ।
गोबरगाढाबासीहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन्, तर पनि यहाँका स्थानीयको सुरक्षित बसोबासका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएकको वडाध्यक्ष यादवले आरोप लागाउनुभयो ।बाढीकै कारण हनुमाननगर कंकालिनी नगरपालिका – ११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् । कयौँ बिगाहा खेतीयोग्य जमिन डुबानमा परेकाले स्थानीय कृषकहरु थप समस्यामा परेको वडाध्यक्ष मोही यादवले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार घर तथा गाउँपालिका कार्यालय समेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो उहाँका अनुसार तिलाठी कोइलाडी गाउँ पूरै डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागिरहेका छन् ।
July 25, 2019 12:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी