छवि–शिल्पा प्रकरण : विहेमा जन्त जानेदेखि विवाह दर्ता गर्नेसम्मलाई मुद्दा !
काठमाडौँ । बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन । तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।
शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।‘बहुविवाहको मुद्दमा विवाहमा जन्तजानेदेखि भोजखानेसम्मलाई कारबाही हुने प्रवधान रहेको छ । उनीहरु जेल गएको धेरै उदाहरण पनि छन् यस अगाडि,’ शर्माले भनिन् ‘सोही अनुसार विकाश र सम्झनाबिरुद्ध पनि मुद्दा हालिएको हो ।’
काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध भने बहुविवाह दर्ता गरेको बिषयमा उजुरी हालिएको छ । वडा अध्यक्षको विषयमा भने धरानमा विवाह दर्ता हुनु पर्ने विषयमा यहाँ दर्ता गरिएको भनेर उजुरी गरिएको छ ।शर्माका अनुसार छविले धरानबाट अहिलेसम्म पनि बसाइसराई नगरेकोले विवाह काठमाडौं महानगरपालिका वडा नं. ८ मा दर्ता गर्न मिल्दैन ।यस विषयमा आफुलाई आधिकारीक पत्र आइनसकेको काठमाडौँ महानगरपालिका वडा नं. ८ अध्यक्ष दिनेश डङ्गालेलले बताए । विवाह दर्ता गर्ने अधिकार आफ्नो नभएर सचिवको भएको अध्यक्ष डंङेलले बताए । छविले ल्याएको सम्बन्ध विच्छेदसम्बन्धि कागजात र वडाभित्र भएको सम्पत्तिको लालपुर्जाको आधारमा बिवाह दर्ता गरिएको उनले खुलाए ।
July 26, 2019 3:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत