Saturday 7th June 2025

ज्यान मुद्दाका फरार तीन वडा अध्यक्ष सहित आठ आरोपी अझै फेला परेनन्

6 years अगाडी

झापा । बिवाहको बिषयमा भएको कुटपिटमा घाइते भएका व्यक्त्तिको मृत्यू भएपछि फारार भएका तीन वडा अध्यक्ष सहित आठ जना आरोपीहरुलाई १५ दिन बित्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । रोहबरमा भएको छलफलमा कुटपिट हुँदा घाइते भएका विराटनगर १४ का ५५ वर्षीय शमानन्द यादबको उपचारका क्रममा मृत्यू भएपछि फरार भएका विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष वलदेव यादब, १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका १ नम्बर वडा अध्यक्ष प्रदिपचन्द यादव सहित ८ जना आरोपीहरुलाई अझै प्रहरीले फेला पार्न नसकेको हो ।

२७ असारदेखी फरार हुनेहरुमा तीन वडा अध्यक्षहरु सहित अध्यक्ष बलदेव यादवका छोरा रविसंकर यादव र आफन्तहरु बिजय यादब, दिनेश यादब , भोला यादब, दिपेश शाहलगायत छन् । बिवाहको बिषयमा ३२ जेठमा भएको छलफलका क्रममा भएको कुटपिटमा गम्भिर घाइते भएका बिराटनगर १४ का शमानन्द यादबको २७ असार बिहान विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको थियो । यादबको मृत्यूपछि आफन्तले अस्पताल अगाडी राजमार्गमा शव राखेर प्रर्दशन गरेपछि बल्ल प्रहरीले वडा अध्यक्ष सहित आठ जना बिरुद्ध जाहेरी दर्ता गरेको थियो ।

३२ जेठमा बिवाहको बिषयमा कुटपिटबाट बाबुलाई गम्भिर घाइते बनाएको भन्दै छोरा राजेश यादबले कुटपिट गर्नेहरु बिरुद्ध इलाका प्रहरी रानीमा किटानी जाहेरी दिएका थिए । तर ईप्रका रानीले छलफलमा कुनै कुटपिट नै नभएको भन्दै जाहेरी दर्ता गर्न मानेन् । ईप्रका रानीले जाहेरी दर्ता नगरेपछि आफन्तले जिल्ला प्रहरी मोरङमा जाहेरी दिएका थिए ।जिप्रका मोरङले अनुसन्धान गरेर जाहेरी दर्ता गर्न ईप्रका रानीलाई परिपत्र गरेको थियो । तर पनि ईप्रका रानीले परिपत्र नै प्राप्त नभएको भन्दै कसैलाई पक्राउ गर्न चाहेन् ।

छलफलमा सहभागी वडा अध्यक्षहरुले शमानन्दलाई कसैले पनि कुटपिट नगरेको बरु बिरामी अवस्थाका उनि आफै लडेर घाइते भएको बताउदै आएका थिए । तर शमानन्दका छोरा राजेशलगायतले बाबुको गर्धनको हाड भाँचिएकोले रडले प्रहार गरेर घाइते बनाएको दाबी गर्दै आएका थिए ।आफन्तका अनुसार कुटपिटबाट गम्भिर घाइते भएर विराट अस्पतालको आइसियूमा भर्ना भएर उपचार गराइरहँदापनिप्रहरीले उनको घाउ जाँचगर्न चाहेन् । न त प्रहरीले घटनालाई सुक्ष्म ढंगले अनुसन्धान नै गर्यो ।

यता गम्भिर चोट लागेकै कारण घाइते शमानन्द भारतको सिलिगुडी लगेर उपचार गर्दा पनि जाति हुन सकेनन् । आफन्तहरुले वडा अध्यक्षहरुले आप्mनो पहुँच प्रयोग गरेर प्रहरी प्रशासनलाई प्रभावमा पारेकोले उनिहरु प्क्राउ नपरेको आरोप लगाएका छन् । तीनै जना वडा अध्यक्ष समाजबादी पार्टीबाट बिजयी भएका हुन् ।फरार तीन वडा अध्यक्ष सहित आठै जना आरोपीलाई पक्राउ गर्न बिशेष प्रहरी दस्ता परिचालन गरेको मोरङ प्रहरीले जनाएको छ । उनिहरु भारत गएर लुकेकोले पक्राउ गर्न समय लागेको प्रहरीको भनाइ छ ।

बिहे अस्विकार गर्दा भएको आक्रमणले शमानन्दको मृत्यू ! : छोरा राजेशका अनुसार उनको बिहे जहदा गाउँपालिका १ वडा अध्यक्ष प्रदिपचन्दका आफन्तकी छोरीसँग गर्ने बाबु समानन्दले मौखिक सहमती जनाएका थिए । तर छोरा राजेशले केटी मन नपरेको भन्दै बिबाह अस्विकार गरे । त्यसपछि प्रदिपका नातेदार रहेका विराटनगर महानगर १४ नम्बर वडा अध्यक्ष बलदेव यादव र १८ नम्बर अध्यक्ष सञ्जय शाह सहितको रोहबरमा ३२ जेठमा छलफल बस्यो । बडा अध्यक्ष वलदेव यादबकै घरमा भएको छलफलमा शमानन्दले छोराको कुरा आफुले काट्न नसक्ने भनेपछि उनिमाथि केटी पक्षले आक्रमण गरेको थियो ।

          July 27, 2019 11:09 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...