दलित एकता संजाल कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण सुनार चयन
कुवेत, जुलाई २७- दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति कुवेतको छैटौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले कृष्ण सुनारलाई अध्यक्षमा चयन गरेको छ ।
प्रथम उपाध्यक्ष समेत रहेका सुनारलाई संजालले सर्वसम्मत अध्यक्षमा चुनेको हो ।
अध्यक्ष रमेश पाल्पालीको सभापतित्व तथा संजालका संस्थापक संरक्षक शिव घमालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा कुवेतमा क्रियाशील मिडियाका पत्रकार, केहि बिशेष व्यक्तित्व र संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।
सभापति, प्रमुख अतिथि, बिशेष अतिथिले सयुक्त रुपमा दिप प्रजवलन गरि केक काट्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा मिडिया प्रमुख प्रदिप नेपालीले मन्तब्यद्धारा उपस्थितलाई स्वागत गरेका थिए ।
संजाल उपाध्यक्ष राजन बाबू परियारले संचालन गरेको कार्यक्रममा दलित एकता संजाल कुवेतमा आवद्ध रहेर सामाजिक कार्यमा सक्रिय एवं विभिन्न समयमा संजाललाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने संस्थापक संरक्षक शिव घमाल, संस्थापक संरक्षक जीवन सुनार, मिडिया प्रमुख प्रदिप नेपाली, महिला प्रमुख लक्ष्मी परियार, अध्यक्ष रमेश नेपाली, सहसचिव रवी परियारलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिव घमालले कुवेतमा दलित संजालको स्थापना गर्दाको माहोल स्मरण गरेका थिए । प्रमुख अतिथि घमालले नेपाली समाजको परिवर्तनमा दलित समुदायहरुले हरेक परिवर्तनका आन्दोलनमा मुख्य भुमिका निभाएको चर्चा गर्दै परिवर्तनका लागि आफै सचेत र क्रियाशिल हुनु पर्ने बताएका थिए । बिशेष अतिथि जीवन सुनारले दलित आन्दोलन र उपलब्धि बिषयमा ब्याख्या गर्दै संजाल कुवेतले हालसम्म गरेका बिभिन्न सामाजिक कार्यहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै गरि कार्यक्रममा बोल्दै बिभिन्न अतिथिहरुले नयाँ कार्य समितिलाइ शुभकामना र कार्य सफलताको कामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष कृष्ण सुनारले आउँदा दिनमा दलित एकता संजाल नेपाल कुवेतलाई एकताबद्ध र सशक्त ढंगले अघि बढाउँदै कुवेतमा रहेका दलित समुदायलाइ जोड्दै कुवेतमा क्रियाशील संघ सस्था, सम्पूर्ण शुभचिन्तक, समर्थक तथा शुभेच्छुकहरु संग हातेमालो गर्दै दलित समुदायको हक, हित र सुरक्षाका लागि अझै बलियो ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति अध्यक्ष नेपालीले कार्यसमितिमा चयन भएका सवै नयाँ पदाधिकारीहरुलाइ स्वागत एवं शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकालमा प्रतक्ष-अप्रत्यक्ष रुपम सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिए । साथै छैटौ बार्षिक उत्सव तथा तेश्रो अधिवेशन सफल पार्न सहयोग गर्ने र उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीको सहभागीगिता भन्ने मुल उदेश्यका साथ स्थापित दलित एकता संजाल कुवेतको कार्य समितिमा हेरफेरपछी यस प्रकारको कार्यसमिति बनेको छ ।
संस्थापक संरक्षक– शिव घमाल, जीवन सुनार
संरक्षक– रमेश नेपाली
सल्लाकार– हितकाजी चन्द्ररा, गम बहादुर सुनार, माया बि.क., सन्तोष सुनार, भुमा रसाइली, पूर्ण सिंह सिके, ओम प्रकाश बि.क.
अध्यक्ष– कृष्ण सुनार
प्रथम उपाध्यक्ष– राजन बाबू परियार
द्दितिय उपाध्यक्ष– रमण नेपाली
महिला उपाध्यक्ष– लक्ष्मी परियार
सचिब– दिल श्रीपाली विश्वकर्मा
सहसचिब– गोबिन्द सोनाम
कोषाध्यक्ष– रवी परियार
सहकोषाध्यक्ष– रोशनी कटुवाल
सदस्यहरु र अन्य बिभागहरु समीक्षा बैठकबाट प्रकाशित गरिने संजालले बताएको छ ।
July 27, 2019 6:23 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत