गाउँपालिकाको स्वागतयोग्य नीति : छाउपडी नबार्नेलाई पुरस्कार !
डोटी – छाउपडी प्रथाले विकराल रुप लिन थालेपछि डोटी जिल्लाका पालिकाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यही क्रममा डोटीको पूर्वीचौकी गाउँपालिकाले नयाँ योजना ल्याएको छ ।
छाउपडी प्रथा अर्थात महिनावारी नबार्नेलाई पुरस्कारस्वरुप तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म प्रदान गर्ने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनु भयो । ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिनेछौँ ।’
यस्तै छाउ अर्थात् महिनावारी बार्ने महिलालाई गाउँपालिकाबाट प्रदान हुने सेवा नदिने नीति पनि रहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाकाअनुसार छाउपडी बार्नेलाई मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता, विवाह दर्तालगायतका सुविधामा अप्ठ्यारो पर्न सक्छ ।
छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि छाउपडी प्रथा अन्त्यका लागि नयाँ योजना ल्याइएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाभरिमै बदनाम हुँदै आएको छाउपडी प्रथा हामी अन्त्य गरेरै छोड्छौँ ।’
गाउँपालिकाको यो नीतिलाई त्यहाँका बासिन्दाले स्वागत गरेका छन् ।महिनावारी भएकी महिला घरमा बसे देवी, देवता रिसाउने तथा घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण डोटेली महिलाहरु छाउपडी कुप्रथा बार्न वाध्य छन् ।
July 28, 2019 12:10 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत