तिज आउनु अघि देखिने तडकभडक गरि समाजमा बिकृति फैलाउन नपाउने, यदि गरे यस्तो हुने छ कारवाही
हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ । केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य मन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र बुझाएको थियो ।
मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारी सबैले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ । कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानूनबमोजिम कारवाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।
नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भन्नुभयो, “हाम्रो उद्देश्य तीजको महिमा र महत्वलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो । प्रशासनबाट जारी सूचनाले तीजमा हुने भड्किलो गतिविधि न्यूनीकरण हुनेमा हामी विश्वस्त छौँ ।” महिला स्वतन्त्रताको पर्वको रुपमा स्थापित यस पर्वको सांस्कृतिक महत्वलाई जोगाउनु सचेत नागरिकको दायित्व भएको बताउनुहुन्छ ।
कोपिला नेपालका निर्देशक एवं महिला अधिकारकर्मी बिना सिलवाल, “परिवर्तित समयअनुसार चाडपर्व मनाउने तौरतरिका बदलिएको छ तर यसको मौलिक पक्ष नै गुमाएर महंँगा कपडा, गरगहना प्रदर्शन गर्ने होडबाजीले सामाजिक सद्भाव असर पु¥याउँदै गएको छ ” सिलवाल भन्नुहुन्छ । “यसले हुने खाने र हुँदा खानेबीच वर्गीय असमानतासँगै पारिवारिक विखण्डनसमेत निम्त्याउँदै लगेको छ ।” पर्वलाई साझा रुपमा मनाउनसक्ने वातावरण बनाउनुपर्ने उहाँको तर्क छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज रहेको छ ।
July 28, 2019 12:46 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत