ब्राजिल : जेलभित्रै सामूहिक झडप, ५२ जना कैदीबन्दीको मृत्यु
ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको ज्यान गएको छ । ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच झडप भएको हो । कैदीबन्दीबीच करिब ५ घण्टासम्म झडप भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अल्तामिरा जेलभित्र रहेका एक कैदीबन्दीको समूह अर्को कैदीबन्दीको समूहमा गएपछि झडप सुरु भएको थियो । जेलको एक भागमा कैदीबन्दीले आगो लगाएका कारण केहीको निसास्सिएर ज्यान गएको हो भने १६ जनाको टाउको काटेर हत्या भएको हो ।
कैदीबन्दीहरुले जेलका अधिकारीहरुलाई पनि बन्दी बनाएका थिए । स्थानीय समय अनुसार सोमबार बिहान सात बजेदेखि सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । ब्राजिलको सञ्चारमाध्यममा जेलबाट धुँवा आइरहेको दृश्य देखाइएको छ भने अन्य केही भिडियोमा कैदीबन्दीहरु जेलको छतमा घुमिरहेको दृश्य पनि देखाइएको छ ।
जेलभित्र रहेका कमाण्डो क्लासेज ए समूहका कैदीबन्दी र कमाण्डो वेर्मेल्हो समूहका कैदीबन्दीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।ब्राजिलको जी १ समाचार संस्थाका अनुसार जुन जेलमा झडप भएको थियो त्यहाँ २ सय कैदी राख्न मिल्थ्यो तर त्यहाँ ३ सय ११ जना कैदी रहेका थिए । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण पनि ब्राजिलमा विभिन्न समयमा जेलभित्र झडप हुँदै आइरहेको छ ।
July 30, 2019 10:58 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार