छोरीको जन्मदिनको अवसरमा असहाय बालबालिकाको लागि रकम सहयोग
झापा- झापाली समाज युएईका संस्थापक आजीवन सदस्य तथा पुर्व उपाध्यक्ष राजेन्द्र कुमार दाहाल र नेपाल सम्पर्क समितिका सह कोसाध्यक्ष तीलरुपा दाहाललेले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर असहाय बालबालिकाहरुको लागि समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् ।
झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला दाहाल दम्पतिले आफ्नी छोरी प्रतिमा दाहालको जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
झापाली समाज युएईका हरेक गतिविधिमा सक्रियता पुर्वक योगदान दिएका पुर्व उपाध्यक्ष राजेन्द्रकुमार दाहाल हाल नेपाल फर्केर सामाजिक क्षेत्रमा लागेका छन् । झापाको केर्खा बजारमा बसोबास गर्ने दाहालकी श्रीमती तिलरुपा दाहाल पनि स्थानीय सामाजिक, आर्थिक र ब्यावसायिक क्षेत्रमा सुपरिचित ब्याक्तित्व हुन् । झापाली समाज युएईको अभियानमा समेत लामो समयदेखि आवद्ध दाहालले आफ्नी छोरीको जन्मदिनलाई सामाजिक हितमा समर्पित गर्न सानो सहयोग गरेको बताएकी छिन् ।
झापाली समाज युएई अन्तरगत अक्षय कोष संकलन समितिका सहसंयोजक अमर राईले जन्मदिनको अवसर पारेर असहाय बालबालिकाहरुको लागि सानै भए पनि रकम जम्मा गरे पनि दाहाल परिवारले ठुलो र उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका छन् ।
समाजको यसै अभियानमा झापा बुद्धशान्ति गाउँपालिका-३ का टीका कटेलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना बुवा शिवभक्त र आमा विश्नुमाया र आफ्नै नाममा अक्षयकोषमा आर्थिक सहयोग गरेका थिए ।
August 12, 2019 7:57 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो