छोरीको जन्मदिनको अवसरमा असहाय बालबालिकाको लागि रकम सहयोग
झापा- झापाली समाज युएईका संस्थापक आजीवन सदस्य तथा पुर्व उपाध्यक्ष राजेन्द्र कुमार दाहाल र नेपाल सम्पर्क समितिका सह कोसाध्यक्ष तीलरुपा दाहाललेले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर असहाय बालबालिकाहरुको लागि समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् ।
झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला दाहाल दम्पतिले आफ्नी छोरी प्रतिमा दाहालको जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
झापाली समाज युएईका हरेक गतिविधिमा सक्रियता पुर्वक योगदान दिएका पुर्व उपाध्यक्ष राजेन्द्रकुमार दाहाल हाल नेपाल फर्केर सामाजिक क्षेत्रमा लागेका छन् । झापाको केर्खा बजारमा बसोबास गर्ने दाहालकी श्रीमती तिलरुपा दाहाल पनि स्थानीय सामाजिक, आर्थिक र ब्यावसायिक क्षेत्रमा सुपरिचित ब्याक्तित्व हुन् । झापाली समाज युएईको अभियानमा समेत लामो समयदेखि आवद्ध दाहालले आफ्नी छोरीको जन्मदिनलाई सामाजिक हितमा समर्पित गर्न सानो सहयोग गरेको बताएकी छिन् ।
झापाली समाज युएई अन्तरगत अक्षय कोष संकलन समितिका सहसंयोजक अमर राईले जन्मदिनको अवसर पारेर असहाय बालबालिकाहरुको लागि सानै भए पनि रकम जम्मा गरे पनि दाहाल परिवारले ठुलो र उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका छन् ।
समाजको यसै अभियानमा झापा बुद्धशान्ति गाउँपालिका-३ का टीका कटेलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना बुवा शिवभक्त र आमा विश्नुमाया र आफ्नै नाममा अक्षयकोषमा आर्थिक सहयोग गरेका थिए ।
August 12, 2019 7:57 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत