

घरदेशको विपत्तिमा परदेशको सहयोग

अगस्ट १२, युएई- वैदेशिक रोजगारीको लागि युएईमा रहेका गुल्मी जिल्लाका केही युवाहरुले आफ्नो गाउँमा प्राकृतिक विपत्तिमा परेका पीडितहरुको राहतका लागि आर्थिक सहयोग पठाएका छन् ।सत्यवती गाउँपालिका-४मा पर्ने लुम्पेक र लिम्घा गाउँमा गत साउन ७ गतेआएको बाडिपहिरो पीडितहरुको उद्दारका लागि १ लाख ६५ हजार ४ सय ४ रुपैयाँ सहयोग गरेको सहयोग संकलनमा सक्रिय लिम्धा युएई सम्पर्क समितिका होमनाथ परियारले जानकारी दिएका छन् । उक्त पहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए भने ३ घर पहिरोले पुर्णरूपमा बगाएको र २५ घर विस्थापित भएका थिए ।
युएईको फुजेरा, दुबई, अबुधाबीमा कार्यरत करिब ७० जना गुल्मेली र गैरगुल्मेलीहरुको सहयोग संकलन गरी पीडितहरुको आवासको लागि आवश्यक जमिन खरिद गर्न उक्त रकम खर्च गरिने अभियन्ता परियारले बताएका छन् ।
“परदेशमा रहे पनि घरदेशमा समस्या पर्दा टुलुटुलु हेर्न नसकिने रहेछ, युएईको फुजेरामा सामाजिक अभियन्ताको परिचय बनाएका परियारले भने, “आफ्नो गाउँको हितको लागि परदेशबाट सकेको सहयोग सबैले गर्नुपर्छ ।”
उक्त पहिरोमा परी विस्थापित २५ परिवारको लागि गाउँपालिका र स्थानीय लिम्घेली क्लव मिलेर सुरक्षित आवासको ब्यवस्थापन गर्ने अभियानमा युएईका साथै कतार, बहराइन, साउदी, हङकङ, मलेसिया, कोरिया आदि देशमा रहेका सोही गाउँबाट परदेशिएका नेपालीहरुले सहयोग संकलन गरिरहेको क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताएका छन् । युएईबाट रकम संकलनमा सहयोगी भुमिका निर्वाह गरेका विरेन्द्र खडका, कृष्ण परियार, डाेलराज न्यौपाने, सुर्य राई, भुपाल कुवर, प्रिय कार्की लगायत सबै दाताहरुलाई अभियन्ता होम परिवारले धन्यवाद दिएका छन् ।
August 12, 2019 8:01 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

