दिवङत बुबाको नाममा असहाय बालबालिकाको लागि अक्षय कोषमा रकम सहयोग ।
झापा- वैदेशिक रोजगारीलाई अफ्रिकी मुलुक नाइजेरियामा रहेका झापा जिल्ला, बुद्धशान्ति-५ बुधबारेका बिनुप्रसाद तिवारीले असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् ।
झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला तिवारीले करिब ३० वर्षअगाडि निधन भएका आफ्ना बुबा दधिराम तिवारीको नाममा १० हजार रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
माता खगामाया तिवारी र पिता दधिराम तिवारीका दुई सन्तान (छोराछोरी) मध्ये छोरा बिनुप्रसाद तिवारी बिगत ८ बर्षदेखि नाइजेरियामा कार्यरत छन् । झापाली समाज युएई अन्तरगत अक्षय कोष संकलन समितिका सदस्य इवनारायण तिवारीका अनुसार सामाजिक सेवाको क्षेत्रमा बिगतदेखी नै सहयोग गर्ने बिनुले उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका छन् ।
सहयोग जम्मा हुने कार्य तीव्र
समाजको यसै अभियानमा झापा बुद्धशान्ति गाउँपालिका-३ का टीका कटेलले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना बुवा शिवभक्त र आमा विश्नुमाया र आफ्नै नाममा २० हजार रुपैयाँ अक्षयकोषमा आर्थिक सहयोग गरेका थिए । गत फेब्रुअरी १ तारिखमा आफ्नो जन्मदिनको अवसरमा झापाली समाज युएई सारजा क्षेत्रीय समिति सदस्य प्रेमा सुब्बाले पनि नेपाली रुपैयाँ ५ हजार रुपैयाँ यही कोसमा सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन् ।
त्यसैगरी झापाली समाज युएईका संस्थापक उपाध्यक्ष राजेन्द्रकुमार दाहाल र श्रीमती तिलरुपा दाहालले पनि आफ्नी छोरीको जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् ।
झापाली समाजले असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर १० लाख रुपैयाँको कोष पूरा गर्ने अन्तिम तयारी गरिरहेको छ । यो अभियानमा करिब ७ लाख ५० हजार जम्मा भए पनि थप २ लाख ५० हजार नेपाली रुपैयाँ आवस्यक परेको कारण यथासक्य सहयोग गर्न समाजले आफ्ना आजिवन सदस्य, शुभेच्छुक तथा मनकारी दाताहरुलाई अनुरोध गरेको छ ।
August 19, 2019 8:04 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत