कुवेतबाट ब्लडक्यान्सर पिडित लामालाई आर्थिक सहयोग
कुवेत -कुवेतबाट ब्लडक्यान्सर पिडित सन्जय स्याङ्तान लामालाई आर्थिक सहयोग गरिएको छ । समाजबादी पार्टी नेपाल कुवेत साखा नेपाली समाज कुवेतको अध्यक्ष निर्मल कुमार तामाङ र सिन्धुली सेवा समाजका प्रतिनिधि उमेश तामाङ, बिक्रम थिङ्को सकृयतामा संकलित रकम (८७,१००.०० ) ८७ हजार १ सय नेपाली रुपैया सिन्धुली जिल्ला तामाजोर स्थित बासिन्दा संजय लामालाइ आर्थिक सहयोग गरिएको हो।
सिन्धुली जिल्ला तामाजोर स्थित घर भएका एक बिपन्न परिवारमा जन्मेका बुवा ढकेन्द्र तामाङको छोरो ब्लड क्यान्सर जस्तो घातक रोग लागि जिवन मरण संग खेल्दै बाचिरहेको अबस्थामा रहेको सन्तानको एउटै मात्र छोरो २१ बर्षको उमेरमा ब्लडक्यान्सर जस्तो रोग लागेकोले बुवा, आमा संग भएको सबै जेथा बेचेर ११ लाख रुपैयाँ सकाइ सकेको र उपचारको लागि थप खर्छ लाग्ने भएको हुँदा छोरोको उपचारको लागि आर्थिक सहयोगको हार गुहार गरिरहेको हुनाले केही मलम पट्टि होस भने हेतुले सहयोगको लागि अपिल गरि सहयोग उठाएको समाजका अध्यक्ष निर्मल निर्मल कुमार तामाङले बताए ।
कुवेतबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुबाट उक्त संकलित रकम कुवैती डिनार दुई सय बत्तिस २३२ केडि, नेपाली रुपैया सतासी हजार एकसय, ८७१०० आज बिहान सम्बन्धित बिरामी सन्जय स्याङ्तानको हातमा समाजसेवी निरोज स्याङ्तानले हस्तान्तरण गरेका थिए। यस पुण्य कार्यमा सहयोग गरेर साथ दिनी हुने सम्पुर्ण सहयोगी मनहरुलाइ नेपाली समाज कुवेत र सिन्धुली सेवा समाज कुवेतको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ।
सहयोगी दाताहरुको नाम र दस्तुर यसप्रकार छ।
१.खखुरा किरात १२ केडि
२. निर्मल स्याङ्तान ११ केडि
३. कोमल अधिकारी ११ केडि
४. हिमाल लामा ११ केडि
५.राम लामा ६ केडि
६. बिक्रम थिङ १० केडि
७. रमिता तामाङ ११ केडि
८. राजेन्द्र तामाङ १० केडि
९. दिपक तामाङ २० केडि
१०. सुरेश ग्याबा तामाङ ५ केडि
११. राजु गोले ३ केडि
१२. उमेश तामाङ १५ केडी
१३.दान बोम्जन २० केडि
१४. प्रेम बोम्जन १० केडि
१५. पेमा लामा गुरु र उहाको साथी १० केडि
१६. निरज लिम्बू १० केडि
१७.रन ब थिङ ५ केडि
१८. मनोज ज्ञवाली १० केडि
१९. विशाल नगरकोटी ५ केडि
२०. भिम गोले १० के डि
२१. जीवन गोले ७ के डि
२२. बाबुल २ केडि
२३.जेसु ५ केडि
२४.प्रदिप ५ केडि
२५. अर्जुन १ केडि
२६.दिपक तामाङ ५ केडि
२७. सनोज चौधरी २ केडि
जम्मा केडि २३२ नेपाली रुपैयाँ ८७१००।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत