आजबाट देशैभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा हुन्छ : मौसम पूर्वानुमान शाखा
काठमाडौं, २४ असार । केहीदिन परेर रोकिएको पानी फेरि आजबाट पर्ने भएको छ । केही ठाउँमा आजबाट फेरि भारी वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाले आइतबार साँझबाट तीन दिनसम्म देशैभर मौसममा बदली हुने तथा वर्षा हुने जनाएको छ ।
महाशाखाले तीन मध्य तथा पुर्वी क्षेत्रमा अबको तीनदिन सम्म र अन्य भागमा पनि भारी वर्षा हुने सम्भावना पूर्वानुमान गरेको हो । आज साँझ देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताए ।
पश्चिम क्षेत्रमा आज ठूलो पानी पर्नेछ । देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेपनि सोमबार र मंगलबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए । पूर्वी तथा मध्य क्षेत्रको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उनले वर्षाले प्रभावित हुने क्षेत्रमा सचेत रहन पनि आग्रह गरेका छन।
July 8, 2018 11:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना