Tuesday 23rd December 2025

रणवीरका कारण विवाह गर्न चाहँदिनन् दिपिका

8 years अगाडी

एजेन्सी, जेठ । केही दिन अघि बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोन यही वर्ष भित्रै विवाह बन्धनमा बाँधिने खबर बाहिर आएको थियो । मिडियाले यी दुई आगामी नेभेम्बर १८ देखि २० को बीचमा विवाह बन्धनमा बाँधिने बताएको थियो ।

तर डेक्कन क्रोनिकलले दिपिकाको एकजना निकटवर्तीलाई उद्रीत गर्दै उनको पूर्वप्रेमी रणवीर कपुरको कारणले उनी रणवीरसँग विवाह गर्न नसकीरहेको बताएको छ । रणवीर कपुरसँग ब्रेकअप भएदेखि दिपिका कुनै किसिमको कमिटमेन्ट गर्न डराउँछिन् । रणवीरसँग ब्रेकअप भएपछि दिपिका कमजोर भएकी थिइन् त्यसैले उनी हाल यो विवाहबारे गहिरो सोचमा परेकी छिन् ।

मिडिया रिपोर्टहरुका अनुसार एक समय यस्तो थियो जब दिपिका आफ्नै करियरलाई पनि त्यगेर रणवीरमा समर्पित हुन तयार थिइन् तर त्यो सम्बन्ध अगाडी बढ्न सकेन । ब्रेकअपको पीडाबाट रणवीर त चाढै नै बाहिर आए तर दिपिकालाई भने ठूलो झट्का लागेको थियो । त्यस समय आफु डिप्रेसनमा गएको दिपिकाले धेरैपटक बताउँदै आएकी छन् ।

          June 7, 2018 10:48 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...