अर्बपतिसँग विवाह गरी मोजमस्ती गर्दै बलिउडका यी ३ फ्लप अभिनेत्री
कुनै पनि व्यक्तिको करियर सफल हुन्छ भन्ने छैन । मानिसले आफूले चाहेको करियर बनाउन संघर्ष गर्छन् । तर, संघर्ष गर्दागर्दै पनि मानिस सफल भएन भने अर्काे बाटो तय गर्न पनि पछि हट्दैन । यस्तै बलिउडका केही अभिनेत्री फिल्ममा फ्लप भए । अहिले उनीहरु विवाह बन्धनमा बाँधिएर आफ्नो वैवाहिक जीवन सुखमय रुपले बिताइरहेका छन् ।
फिल्ममा फ्लप भएपछि अभिनेत्री आयशा टाकिया, अमृता अरोडा र सेलिना जेटली विवाह बन्धनमा बाँधिएर सुखमय जीवन बिताइरहेका छन् । उनीहरुले अर्बपति व्यवसायीहरुसँग विवाह गरेका हुन् । आयशा टाकियाले आफ्ना प्रेमी तथा ठूलो व्यवसायी फरहान आजमीसँग विवाह गरेकी हुन् । सन् २००४ मा फिल्म ‘टार्जन द वन्डर कार’ बाट करियर सुरु गरेकी उनको ‘वान्टेड’ मात्रै फिल्म हिट भएको थियो ।
उनै आयशाले सन् २००९ मा प्रेमी फरहान आजमीसँग विवाह गरेकी थिइन् । फरहान होटेल व्यवसायी हुन् । यस्तै अमृता अरोडाले बिजनेसम्यान शकील लडकसँग विवाह गरेर आरामदायी जीवन बिताइरहँदा अर्की नायिका सेलिना जेटलीले अष्ट्रियाली होटेल बिजनेसम्यान पिटर हागसँग विवाह गरेर सुखमय जीवन बिताइरहेकी छन् ।
July 8, 2018 11:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी