

ज्योति लाइफ इन्स्योरेन्सको अर्घाखाँचीमा तालिम तथा अन्तरक्रिया कार्यक्रम

सन्धिखर्क । ज्योति लाइफ इन्स्योरेन्सको अर्घाखाँचीमा एक दिने आधारभूत तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘ज्योती लाइफ सधै तपाइको साथ’ भन्ने मुल नारासहित अर्घाखाँची शाखाको आयोजनामा शनिवार सन्धिखर्कमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक चरण दास तिमिल्सिनाले बिमा भनेको अनिवार्य बचत र आर्थिक क्षति विरुद्दको सुरक्षा भएको बताए। त्यस्तै उनले विभिन्न प्राण घातक रोगहरू (३५ किसिमका) लागेमा ५० लाख सम्म आर्थिक सहयोग गर्ने जीवन बिमा कम्पनी ज्योति लाइफ इन्स्योरेन्समा ढुक्क भएर बिमा गर्न र गराउन सबैलाई अपिलसमेत गरे ।
त्यसैगरी क्षेत्रीय प्रबन्धक तिमिल्सिनाले नेपालमै उत्कृष्ट शाखाको रुपमा आफूलाई चिनाउन सफल अर्घाखाँची शाखाका म्यानेजर कृष्ण प्रसाद खनालको उच्च प्रशंसा गर्दै अर्घाखाँचीका सबै अभिकर्ताहरूलाई उत्कृष्ट कामको लागि धन्यवाद पनि दिएका थिए।
अर्घाखाँची शाखाका प्रमुख कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ५५ जनाको सहभागिता थियो।
December 8, 2019 11:39 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

