किरात याक्थुङ चुम्लुङ कुवेतको नवौं वार्षिको उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ तारिक हुने
कुवेत – भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेष–भुषा तथा जातिय पहिचानलाई बचाई राख्ने साथै कुवेतमा रहेका श्रमजीबि लिम्बुहरुलाई एकत्रित गरि भईपरि आएको अवस्थामा साथ सहयोग गर्ने उद्देश्य लिई २०६८ सालमा स्थापना भएको यस किरात याक्थुङ चुम्लुङ कुवेतको नवौं वार्षिकोत्सब तथा लिम्बु कथानक चलचित्र “साम” को प्रदशनी कार्यक्रम यहि आउदो फेब्रुवरी २८ तारिक शुक्रबार २०२० मा हुने भएको छ ।

उक्त कार्यक्रममा क्रियाशिल संघ संस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन चुम्लुङका अध्यक्ष देबि चेम्जोङले अनुरोध गरेकी छिन् ।
कार्यक्रम हुने
मिति : २८ फेब्रुवरी २०२० शुक्रबार
समय : मध्यान्ह १२:०० बजेबाट
स्थान : युनिक अडोटरिम हल, फर्वानिया कुवेत ।
सम्पर्क नम्बरहरु –
देबि चेम्जोङ (अध्यक्ष) – ६६०१९२७५
अर्जुन थेगिम मुईहाङ (सचिव) – ९७४३८६६५ (WhatsApp)
हरि लावती (बिषेश सल्लाहकार) – ९७२७८३७९
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत