किरात याक्थुङ चुम्लुङ कुवेतको ९औं बार्षिकत्सव कार्यक्रम स्थगित
कुवेत / किरात याक्थुङ चुम्लुङ कुवेतको भोलि २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं बार्षिकत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित गरेको छ । बिश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझव दिईरहेको अवस्था छ । कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्यक्तित्वहरु संगको सल्लाह सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वतावरण नभईन्जेलका लागि कार्यक्रम स्थगित गरिएको चुम्लुङका कार्यबाहक अध्यक्ष नरेन्द्र थाम्सुहाङ मिक्वाले जानकारी गराएका छन ।
कोरोना भाईरसबाट सिर्जना भएको बिषेश परिस्थितीमा कार्यक्रम स्थगित गर्नु परेको र यसबाट पर्नगएको असुविधा प्रति सम्बन्धित सबैसंग किरात याक्थुङ चुम्लुङ कुवेतले क्षमायाचना गरेको छ ।
February 27, 2020 1:03 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत