

कुवेतको फर्वानिय शहरमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट संचालन।

सुरेश गुरुङ –
कुवेत – कुवेतको अती ब्यस्त शहर धेरै नेपालीहरुको बाहुल्यता रहेको ठाँउ फर्वानिय शहरमा हिजो २५ जनवरी २०२१ को दिन नेपाली युवाहरुको संयुक्त लगानिमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्टको उद्घाटन गर्नु भएको छ ।
नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो? नेपालीहरुको रोजाईमा ध्यान राख्दै बिभिन्न शुद्द नेपाली परिकारको साथमा अर्डर अनुसारको खाना होम डेलिभरीको व्यवस्था समेत रहेको नेपालीहरुको एकदमै पायक पर्ने ठाउँ कुबेतको फर्वानिय स्थित ब्लक -4 Al Arabet Plaaza को Grand Hypaer Market को ग्राउन्ड फ्लोरमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरी रिबन र केक काटेर बिधिबद रूपमा उद्घाटन गर्नु भएको थियो ।
वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका नेपाली युवाहरु सुमन लिम्बू,अमृत तामाङ र सन्तोष तामाङको लगानीमा रहेको MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट।उद्घाटन सहमोरमा ,NRNA कुवेतका अध्यक्ष सुजन केसी,कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका अध्यक्ष ज्यू लगाएत प्रतिनिधिहरु समाजसेवी,पत्रकार,कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थित रहेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

