कुवेतको फर्वानिय शहरमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट संचालन।
सुरेश गुरुङ –
कुवेत – कुवेतको अती ब्यस्त शहर धेरै नेपालीहरुको बाहुल्यता रहेको ठाँउ फर्वानिय शहरमा हिजो २५ जनवरी २०२१ को दिन नेपाली युवाहरुको संयुक्त लगानिमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्टको उद्घाटन गर्नु भएको छ ।
नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो? नेपालीहरुको रोजाईमा ध्यान राख्दै बिभिन्न शुद्द नेपाली परिकारको साथमा अर्डर अनुसारको खाना होम डेलिभरीको व्यवस्था समेत रहेको नेपालीहरुको एकदमै पायक पर्ने ठाउँ कुबेतको फर्वानिय स्थित ब्लक -4 Al Arabet Plaaza को Grand Hypaer Market को ग्राउन्ड फ्लोरमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरी रिबन र केक काटेर बिधिबद रूपमा उद्घाटन गर्नु भएको थियो ।
वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका नेपाली युवाहरु सुमन लिम्बू,अमृत तामाङ र सन्तोष तामाङको लगानीमा रहेको MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट।उद्घाटन सहमोरमा ,NRNA कुवेतका अध्यक्ष सुजन केसी,कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका अध्यक्ष ज्यू लगाएत प्रतिनिधिहरु समाजसेवी,पत्रकार,कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थित रहेको थियो । 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना