

कुवेतमा ४८ जना नेपालीले ज्यान गुमाए

कुवेत । कुवेतमा २०२० मा ४८ जना नेपालीले ज्यान गुमाएका छन । जसमा ३० पुरुष र १८ महिला छन् । जुन गत बर्ष २०१९ मा ४२ जना नेपालीको मृत्यु भएको थियो। कुवेत स्थित नेपाली दूतावासका अनुसार यस मध्ये कोरोना महामारीका कारण मृत्यु हुने कामदारहरुको संख्या १० जना रहेको छ ।
कुवेत स्थित नेपाली दूतावासको तथ्यांक अनुसार कुवेतमा विभिन्न पेशामा कार्यरत नेपालीहरुको अनुमानित संख्या ६५ हजारको हाराहारीमा रहेका छन् भने अवैधानिक भएर बस्नेको संख्या करिव ७ हजार रहेको अनुमान गरिएको छ । त्यस्तै विभिन्न कारणले कुवेतमा जेलमा रहेका नेपालीको संख्या २ जना महिला र ५६ जना पुरुष गरेर ५८ जना रहेकोमा अधिक संख्या मदिराको कारोबारको कारणले गर्दा जेल परेको श्रोतले जनाएको छ।
कोरोनाको महामारीको कारण कुवेत पनि अछुतो रहन सकेन र केहि हदसम्म भएपनि त्यसको नियन्त्रणको लागि टेवा पुर्याउने हेतुमा पछिल्लो समयमा विभिन्न समस्याले गर्दा अबैधानिकरुपमा बस्दै आएका विभिन्न देशका नागरिकलाई लागेको जरिवाना मिनाहा गरेर ११ जुन २०२० देखि ५ जुलाई २०२० सम्म कुवेत सरकारको खर्चमा नेपाल फर्किने अवसर प्रदान गरेको थियो जसको लाभ लिदै १६७९ पुरुष , १३४५ महिला र १८ जना बालबच्चा गरि जम्मा ३०४२ जना नेपाल फिर्ता गएका थिए ।
महामारीको कारण रोजगारि गुमाएर , कार्य अबधि सकेर वा बिशेष कारणले नेपाल जान चाहने आफ्नै खर्चमा दूतावासमा नाम टिपाइ प्लेन चार्टट गरेर जानेहरु ६१८३ जना थिए । यो अबधि जुन २०२० देखि २ अक्टुवर सम्म चलेको थियो । त्यस पछि दोस्रोपटक पनि ५ अक्टुवरमा १४८ जना कुवेत सरकारको सहयोगम नेपाल पठाइएको थियो भने ३० जना जति दूतावासको पहल साथै कुवेतमा रहेका विभिन्न मानवीय संघसंस्था र केहि एरलाइन्सको सहयोगमा उद्दार गरि नेपाल पठाइएको छ । त्यसै गरि कोरोनाको समयमा गैर आवासीय नेपाली संघ कुवेतले विभिन्न संघ संस्था र ब्यक्तीसंग सहकार्य गरि पटक पटक गरेर २०००० बीस हजार जना पिडितहरुलाई राहत बाडेको थियो ।उक्त राहत बाड्ने कार्यमा नेपाली राजदुतावास कुवेतको सकृय रुपमा सहजीकरण र सम्वन्यको भुमिका रहेको थियो । पछिल्लो समयमा कोरोनाको कारण जागीर गुमेकाहरु र घर जानलाइ समस्या भएकाहरुलाइ पिसिआर टेस्ट र प्लेन भाडा सहित काठमाण्डौबाट घरसम्म जाने खर्च उपलब्ध गराएर हाल सम्म १८ जनाको उद्दार गरि सकेको छ साथै उद्दार गर्ने प्रक्रियामा अरु थप केहि पिडितहरु रहेको र प्रक्रिया पुरा गराई चाडै नेपाल पठाउने श्रोतले जानकारी गराएका छन्।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

