विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
आफ्ना विद्यार्थीलाई पढाउने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलवार मुद्धा दर्ता गरेको हो ।
शिक्षक चौधरीले विभिन्न समयमा १३ वर्षका एक र १४ वर्ष उमेका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । शिक्षकले शंवेदनशील अंग छुने, सुम्सुम्याउने र अस्वभाविक यौनजन्य क्रियाकलाप गरेकाले प्रहरीले ‘बाल यौन दुरुपयोग’ कसुरमा मुद्धा दर्ता गरेर कारवाही अघि बढाएको उनले बताए । ‘घटनाबारे कसैलाई नभन्न धम्की दिएको, त्रासमा राखेको पनि देखिन्छ’ डिएसपी दाहालले भने । पिडित बालिकाले पनि शिक्षकले पटक–पटक यौनजन्य हिंसा गरेको बताएका छन् । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने शिक्षक चौधरीले उक्त विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका थिए । साभार नागरिक |
April 14, 2021 12:06 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत