विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
आफ्ना विद्यार्थीलाई पढाउने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलवार मुद्धा दर्ता गरेको हो ।
शिक्षक चौधरीले विभिन्न समयमा १३ वर्षका एक र १४ वर्ष उमेका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । शिक्षकले शंवेदनशील अंग छुने, सुम्सुम्याउने र अस्वभाविक यौनजन्य क्रियाकलाप गरेकाले प्रहरीले ‘बाल यौन दुरुपयोग’ कसुरमा मुद्धा दर्ता गरेर कारवाही अघि बढाएको उनले बताए । ‘घटनाबारे कसैलाई नभन्न धम्की दिएको, त्रासमा राखेको पनि देखिन्छ’ डिएसपी दाहालले भने । पिडित बालिकाले पनि शिक्षकले पटक–पटक यौनजन्य हिंसा गरेको बताएका छन् । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने शिक्षक चौधरीले उक्त विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका थिए । साभार नागरिक |
April 14, 2021 12:06 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।