पत्रकार र मिडियाका समस्या सम्बाेधन गर्ने बजेट ल्याउन आग्रह
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीले मङ्गलवार (आज) अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नुभएको
हो ।
महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गर्नुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी कोभिडबाट अति प्रभावित पत्रकारहरूलाई थप लेखन वृत्तिको व्यवस्था गर्न आवश्यकता रहेको बताउनुभयो ।
महासचिव रोशन पुरीले पत्रकार कल्याणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।
पत्रकार महासङ्घका पदाधिकारीले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासङ्घको भवनमा पूर्वाधार बढाउने लगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए । उनीहरूले पत्रकार महासङ्घको महाधिवेशन र चुनावका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
भेटमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रताको प्रवर्द्धन र व्यावसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आलोचना र प्रश्नहरू लोकतन्त्रका सुन्दर पक्ष रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो । अर्थ मन्त्री पौडेलले महासङ्घका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
साभार उज्यालो |
April 20, 2021 10:15 pm | विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी