टिपर दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, असार । २० जनाको एकै चिहान हुने गरी मुस्ताङको स्याङबोचेमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाहरुको सरकारले राहत दिने भएको छ । मृतकका परिवारलाई पाँच पाँच लाखका दरले सरकारले पीडित परिवारलाई राहतस्वरुप दिने भएको छ ।
सोमबार प्रतिनिधिसभामामा गृहमन्त्री रामबहादुर थापाले पीडित परिवारलाई राहतस्वरूप ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय भएको जानकारी दिए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत दुर्घटनामा घाइते भएका १२ जनाको स्वास्थ्योपचार खर्च पनि सरकारले व्यहोर्ने भएको छ ।
शुक्रबार मुस्ताङको स्याङ्बोचेमा ट्रिफर दुर्घटना हुँदा सडक निर्माणमा संलग्न २० मजदुरहरुको ज्यान गएको थियोउ । दुर्घटनामा चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ जनाको मृत्यु भएको थियो
July 10, 2018 10:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...