Monday 22nd December 2025

एउटै विज्ञापनको लागि यति धेरै रकम लिदैं भाइरल गर्ल प्रिया प्रकाश

7 years अगाडी

एजेन्सी। आँखाको जादू देखाएरै सामाजिक संजालमा भाइरल भएकी प्रिया प्रकाश वारियर पुनः एक पटक चर्चा छिन्। तर उनी अहिले कुनै बढी ल्याङ्ग्वेजले गर्दा चर्चामा आएकी होइनन्।भारतीय संचार माध्यमका अनुसार उनले एक विज्ञापन खेल्नको लागि एक करोडको सम्झौतामा हस्ताक्षर गरेकी हुन्। उनले एक नेशनल एड कमर्शियल शूटका लागि त्यति रकम लिन लागेकी हुन्।

जुन एक न्यू कमरका लागि निकै धेरै रकम मानिन्छ। जसले गर्दा उनी अहिले समाचारमा छाएकी छन्। प्रियाले केही दिन अगाडि नै मुम्बईमा एक स्टुडियोमा एड शुटका लागि देखिएकी थिइन्।यसअघि प्रिया प्रकाश आफ्नो इन्स्टाग्राममा प्रमोशनका लागि प्रत्येक पोस्टको ८ लाख चार्ज लिने गरेको समाचारले चर्चामा थिइन्। उनको इन्स्टाग्राममा ६० लाख भन्दा बढी फलोवर्स छन्।

          July 10, 2018 10:50 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...