वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।
कोरोना महामारीपछि विदेश जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गएको असोजमा ३९ हजार ६७१ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यो क्रम बढेर कात्तिक महिनामा श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९१८ पुग्यो ।
मंसिरमा पुनः श्रम स्वीकृति समेत गरि ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यीमध्ये ३४ हजार ४९७ ले पहिलोपटक श्रम स्वीकृति लिएका र बाँकी दोस्रो पटक श्रम लिएर जानेहरु रहेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सबैभन्दा बढी रोजाइको गन्तव्य अहिले साउदी बनेको छ । मंसिरमा २४ हजार ९१५ पुरुष र ७७ महिला गरि २४ हजार ९९२ जनाले साउदीको लागि श्रम स्वीकृति लिएका छन् । साउदीपछि सबैभन्दा धेरै कतारमा गएका छन् । २३ हजार २५ पुरुष र ७५२ महिला गरि २३ हजार ७७७ जनाले कतारको रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि यूएई धेरैको रोजाइ गन्तव्य बनेको छ । १४ हजार १०४ पुरुष र २ हजार ५४३ महिला गरि जम्मा १६ हजार ६४७ जनाले यूएईको लागि श्रम स्वीकृति लिएका छन् ।
नेपालीहरु धेरै वैदेशिक रोजगारीमा जाने मध्ये मलेसियामा अहिले नयाँ श्रम स्वीकृति नखुलेकाले दुई वर्षदेखि त्यहाँ जाने क्रम रोकिएको छ । बिदामा घर आएका र भिसाको म्याद भएकाहरुमात्र मलेसिया जान पाउँछन् उज्यालो
January 11, 2022 12:54 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।