Thursday 2nd April 2026

पूर्वराजा बसेको नेपालगञ्जमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ भेट्न आउँदै

8 years अगाडी

नेपालगञ्ज,  असार । आफ्नो जन्मदिन मनाउन नेपालगञ्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भेटघाटमै व्यस्त छन् । स्रोतकाअनुसार पूर्वराजालाई पुनः सक्रिय भूमिकामा आउन शुभेच्छुकले आग्रह गरिरहेका छन् ।आफ्नो ७२ औं जन्मोउत्सव मनाउन नेपालगञ्ज पुगेका उनलाई नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना हुनुपर्ने भन्दै लामो समयदेखि वकालत गर्दै आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेतले नेपालगञ्जमै आएर भेट्ने कार्यक्रम बनाएको स्रोतले बताएको छ ।

योगीको नेपालगञ्ज आगमनको मिति र समय तय नभएपनि गोप्यरुपले भेट्ने योजना बनाईएको बताइएको छ ।पूर्वराजा ज्ञानेन्द्र ६ महिनाअघि नेपालगञ्ज भ्रमणमा गएको बेला भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न लखनउ पुगेका थिए ।पूर्वराजा भ्रमणकाक्रममा दाङ लगायत पश्चिम नेपालको भ्रमणमा जाने कार्यतालिका रहेको छ । पश्चिम नेपालमा पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र आफ्नो ७२ औं जन्मोत्सव मनाउन सपरिवार नेपालगञ्ज गएका हुन् । उनीसँग उनकी पत्नी कोमल, छोरा पारस, बुहारी हिमानी र नातीसहित होटेल सोल्टीमा बस्दै आएका छन् ।

          July 11, 2018 10:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...