वडाध्यक्षद्वारा ५ वर्षको तलब विद्यालयलाई प्रदान
बझाङ – पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिनुभएको छ । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिनुभएको हो ।
उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताउनुभएको थियो । वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराउनुभएको हो । उहाँले त्यो रकम विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको हो ।
आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिले ठूलो महत्त्व रहेको बताउनुभयो ।
सत्यवादी उच्च माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई धन्यवाद दिनुभयो । विष्ट नेपाली कांग्रेसबाट स्थानीय तहको चुनावमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उज्यालो
March 26, 2022 2:30 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री