हेर्नुहोस् सञ्चिताको ५ तस्बिर,सुन्दरी नायिका सञ्चिता लुइँटेलको यस्तो रहेछ सुन्दरताको राज, खोलीन् आँफैले पोल
काठमाडौं – समय र ठाउँअनुसार आफूलाई पहिरनले सजाउनुपर्ने हुन्छ । त्यसमा पनि हामी पब्लिक फिगरले अझ यो कुरामा बढी ध्यान दिनुपर्छ । त्यसैले म पनि समय र अवस्थालाई हेरेर अथवा कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमको स्वरूप हेरेर ड्रेसअप गर्ने गर्छु । साथै, पहिरन मलाई कम्फर्टेबल हुन पनि जरुरी छ ।

क्याजुअल साधारण समयमा म प्रायः हल्का खालका कपडा लगाउन रुचाउँछु । टिसर्ट, ट्राउजर अथवा जिन्स एकदम सहज लाग्छ । कार्यक्रममा बाहेक सामान्य रूपमा हिँड्न मनपर्छ । जुत्ता अथवा हिल नभएको साधारण स्लिपर लगाउँछु । क्याजुअल लगाउँदा आफूलाई कम्फर्टेबल फिल गर्छु । गर्मी मौसममा सुतीका टिसर्ट, ट्राउजर बढी लगाउने गरेकी छु ।

विवाहमा साडी विवाह समारोहतिर जाँदा प्रायः हामी नेपाली महिलाले लगाउने पहिरन भनेको साडी हो । साडीमा राम्रो पनि देखिन्छ । नेपाली समाजमा महिलाले साडी लगाएको नै राम्रो मानिन्छ । मैले आफू मात्र भन्दा पनि सामाजिक परिवेशलाई ध्यान दिनुपर्ने हुन्छ । हामीप्रतिको धारणा सकारात्मक बनोस् भन्ने प्रयास हुन्छ । त्यसैले म विवाह तथा पूजा, व्रतबन्धजस्ता समारोहमा जाँदा साडी नै लगाउँछु । त्यहीअनुसार गहना र स्यान्डल मिलाएर लगाउने गरेकी छु । कहिलेकाहीँ लेहेंगा पनि लगाउँछु । पार्टीमा गाउन तथा वानपिस साथीभाइसँगको रमाइलो भेटघाटमा भने वानपिस बढी लगाउने गरेकी छु । त्यस्तै गेटटुगेदर तथा
बर्थडे पार्टीहरूमा भने गाउन र वानपिस लगाउन मनपर्छ । यसमा कहिले डिजाइनर ड्रेस हुन्छ भने कहिले रेडिमेड पनि हुन्छ । यस्ता पार्टीहरूमा नाचगान पनि हुने हुँदा सहज ड्रेसमा सजिन मनपर्छ । पार्टीतिर जाँदा यस्तै ड्रेस उचित पनि हुन्छ जस्तो लाग्छ । त्यहीअनुसारको हाई हिल, ब्लक हिल लगाउने गरेकी छु । यस्तो समयमा अलि फेसनेबल बनेर जान्छु ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :