

श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताउनुभएकाे छ ।
जुलाई १३ मा वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको आवासमन्त्री रानातुङ्गाले बताउनुभएकाे छ । पार्टीले निर्णय गरेअनुसार जुलाई १३ मा राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसैअनुसार अगाडि बढ्ने उहाँले भन्नुभएकाे छ ।
गएकाे शनिवार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजाराैँ प्रदर्शनकारी प्रवेश गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो । तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गर्नुभएकाे छ । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका प्रदर्शनकारीहरूले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ता इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै झडप भएको समाचारहरू आएका छन् ।
श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिङ्घेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताउनुभएकाे छ ।
तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् । श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रै क्षेत्रमा आपत्कालीन एम्बुलेन्स सेवासमेत निलम्बित गरिएको छ ।
आर्थिक सङ्कटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ । उज्यालो
July 12, 2022 2:10 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

