राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु
काठमाण्डौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।
कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।
केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच वटा टी–२० र तीन एकदिवसीय शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यू–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत गएको मार्चमा यूएईसँगको खेलमा समावेश थिए ।
राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्यान्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला अटाएका छैनन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।
केन्यासँगको शृङ्खलाका लागि तालिकासमेत सार्वजनिक भएको छ । पहिलो टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र तेस्रो सेप्टेम्बर ५ मा हुने तालिका छ । उज्यालो
August 17, 2022 1:02 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले