नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ : मेयर बालेन्द्र साह
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ ।
आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’
यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गर्नुभएकाे छ ।
यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियाे । उज्यालो
August 26, 2022 3:03 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...