७ वटा क्यासिनाेलाई काठमाण्डाै महानगरकाे चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही गरिन्छ
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर तिर्न सात वटा क्यासिनोलाई पत्र पठाएकाे छ ।
आज आइतवार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग, हाेटल एल्फटकाे बाल्काे क्यासिनाे र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न भनेको हो । सात दिनभित्र कर नतिरे कारबाही गर्ने महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको छ ।
बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक–पटक ताकेता गर्दा पनि चार वर्षदेखि कर नतिरेको महानगरपालिकाले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र त्यसको जरिवानासहित सात दिनभित्र कर चुक्ता नगरे महानगरको राजस्व ऐनअनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । सात वटै क्यासिनोले प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ महानगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । उज्यालो

September 5, 2022 1:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव