श्रीमान्ले अर्को विवाह गर्न नमानेपछि श्रीमतीले गरिन् आत्महत्या
गुल्मी, असार । बाग्लुङकी एक महिलाले श्रीमान्ले अर्को विवाह गर्न नमानेपछि आत्महत्या गरेकी छन् । छोरा जन्माउन पटक–पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिएकी उनले श्रीमान्ले अर्काे विवाह गर्न नमान्दा आत्महत्या गरेकी हुन् ।गुल्मीको बडीगाड गाउँपालिका–९ निवासी डिल बहादुर मल्लकी ४३ वर्षीया श्रीमती गीता मल्लले झुण्डिएर आत्माहत्या गरेकी हुन् ।
साँझ श्रीमान्सँगै खाना खाएर श्रीमान्लाई ओछ्यानसमेत लगाइदिएर टिभी हेर्न थालेकी मल्ल घर नजिकै रहेको गोठको माथिल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ ।श्रीमन्लाई तपाई सुत्नोस म टिभी हुर्छु भनेकी उनीलाई श्रीमान् रातको ३ ब्युझेर खोज्दा उनी गोठमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
त्यसपछि वडा अध्यक्ष लगायत प्रहरीलाई खखबर गरिएको थियो । उनको सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउँदै श्रीमानलाई अर्को विवाह गर्न अनुरोध गरेको बताइएको छ । उनीहरुको एक छोरीमात्र जन्मेको र छोरीको विवाहसमेत भईसकेको अवस्थामा श्रीमान्ले अर्काे विवाह गर्न नमानेपछि उक्त घटना घटेको बताईएको छ ।
July 11, 2018 12:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना