

सेनाद्वारा संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौ – नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सेनाले ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको खेल मैदानमा अन्य सुरक्षा फौजको समेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन गर्याे ।
त्यस अवसरमा काठमाण्डौ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय/विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।
प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पाँच किलोमिटर वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
‘युएन डे’ का अवसरमा सेनाले भोलि सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ उज्यालो
October 22, 2022 3:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

