Monday 22nd December 2025

बलात्कारको अभियोग लागेपछि विबादमा फसेका मिथुनका छोराले सबैलाई देखाउँदै गरे धुमधामसँग बिहे

7 years अगाडी

एजेन्सी – बलात्कारको अभियोग लागेपछि विबादमा फसेका बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोराले सबैलाई देखाउँदै धुमधामसँग बिहे गरेका छन् । एक भोजपुरी हिरोइनले महाअक्षय र उनकी आमा योगितामाथि बलात्कार र जबरजस्ती गर्भपतन गरेको आरोप लगाएपछि उनी विबाहको समयमा सर्वाधिक विबादमा तानिएका थिए । विबादकै बेला मिथुनका छोरा महाअक्षयले धुमधामका साथ तोकिएको मितिमा नै विबाह गरेर सबैलाई देखाइदिएका छन् ।

आफ्नी गर्लफ्रेण्ड मदलसासँग बिहे गरेका बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयका तस्विरहरुले अहिले भाइरल रुप धारण गरिरहेका छन् । यसअघि यी दुईको बिहे ७ जुलाइमा हुने तय भएको थियो । तर समारोहस्थलमै प्रहरीको टिम जाँचको लागि पुगेपछि बिहे रोकिएको थियो । यी दुईको बिहे कहिले र कहाँ भयो भन्ने जानकारी आइसकेको छैन । यद्यपि फोटोहरु निकै भाइरल भइरहेका छन् । छोरा महाअक्षयका कारण यतिबेला मिथुन पनि बुढेसकालमा फेरी चर्चामा आएका छन् ।

 

          July 11, 2018 12:33 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...