चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)
काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।

काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरुबाट काठमाण्डौ आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाण्डौ सुनसान बनेको हो ।

त्यस्तै काठमाण्डौका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । चुनाव बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने चुनाव सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । चुनाव भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ । उज्यालो






प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
