मतदानका लागि तोकिएको नियमित समय सकियो, तर केही ठाउँमा मतदान चल्दै
काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो । तर ५ बज्नुअघि मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेकाहरूले भने पाँच बजेपछि पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।
यस्तै केही मतदान केन्द्रहरूमा विवाद भएका कारण रोकिएको मतदान फेरि सुरु हुँदा केही घण्टाका लागि समय थप्न पाउने व्यवस्थाअनुसार समय थप भएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरमा रहेको पातु वनगाउँ मतदान केन्द्रमा बेलुका ७ बजेसम्मै मतदानको समय तोकिएको छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका ठाउँमा मतदान रोकिएको छ । ती ठाउँमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै मतदान सम्पन्न भएका ठाउँबाट मतपेटिका सङ्कलनको काम चलिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । दुर्गम क्षेत्रका जिल्लामा भने मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले भोलि साेमवारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम ठाउँका मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका सङ्कलनको व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाण्डौ क्षेत्र नम्बर ३ सहित केही सुगम ठाउँका निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले पनि भोलिदेखि मात्रै मतगणना सुरु गर्ने बताएका छन् उज्यालो
November 20, 2022 5:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
