मङ्सिर २६ गतेसम्म चुनावसम्बन्धी सबै काम सकिने
काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सक्ने बताउनुभएको छ ।
आज शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जिल्लामा चुनावमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रक्रियाका सबै काम मङ्सिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो । उहाँले मङ्सिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मङ्सिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानुनले तोके अनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गर्नुभयो । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको चुनाव सम्पन्न गरेर आउँदा दिनमा पनि सबै ठाउँमा एकै चरणमा चुनाव सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो ।
उहाँले आफूहरू वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउनुभयो । उहाँले आउँदो संसदमा चुनावसम्बन्धी नयाँ कानुन लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी छिट्टै अब नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानुन प्रवेश गर्नेछ । उज्यालो
December 2, 2022 8:05 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो