प्रहरी नेतृत्वका लागि अब कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वका लागि अब कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज साेमवार प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताउनुभयो ।
उहाँले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताउनुभयो । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपविना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराउनुभयो । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उहाँहरूलाई सरुवा गरिएको थियो ।
गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भए पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी नागरिकका हितमा काम गर्न निर्देशन दिनुभयो । उहाँले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिनुभएको छ । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उहाँले सधैँ पीडितको पक्षमा उभिन आग्रह गर्नुभयो ।
कसैको प्रभाव वा दबाबमा नपरि नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिनुभयो । उहाँले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पर्नुभयो ।
उहाँले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरुवा भएका डीआईजीसँग आग्रह गर्नुभयो । उज्यालो
January 16, 2023 5:54 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन