यी कलाकार हुन् जसले सलमान, अमिर र साहरुखलाई पछि पारे
बलिउडमा यस्ता पनि स्टार कलाकार छन् जो पढाई अर्थात अध्ययनका हिसाबले पनि सुपरहिट छन् । अब्बल पढाईका साथै कलामा पनि उनीहरु अब्बल नै छन् । कलामा साहरुख, सलमान र आमिर खानको नाम अगाडि आएपनि पढाईमा भने नयाँ पुस्ता अगाडि देखिन्छ । प्राय कलाकारहरु पढ्न रुची नभएर कला क्षेत्रको लागेको भन्ने गरिएको छ तर यी सुपस्टारको हकमा भने त्यो लागु हुँदैन ।अनुष्का शर्मा त आर्ट पढेकी अभिनेत्री हुन्। उनले आर्ट विषयबाट ग्राजुएशनका साथै आर्थशास्त्रमा एमए (डिग्री) पास गरेकी छिन् । अभिनेत्री सोहा अली खान पनि पढेकी कलाकार हुन् ।
उनले बैलिओल कलेज अक्सफोर्डबाट स्नातक (ग्राजुएशन) गरेकी छिन् । जोन अब्राहम बलिउडका पढेका कलाकार हुन्। उनले एमबीए (डिग्री) सम्म अध्ययन गरेका छन् । नर्सी मोन्जी संस्थान अफ प्रबन्ध स्टडीबाट मास्टर पास गरेका जोन हाल अनकमिङ फिल्म सत्यमेव जयतेको प्रमोसनमा व्यस्त छन् ।पछिल्लो पुस्ताकी परिणीति चोपडा पनि पढेकी कलाकार हुन्। उनले मेनचेस्टर बिजनेस स्कुल युकेबाट ग्राजुएशन गरेकी छिन्। उनले फाइनान्सियल, बिजनेस र फण्ड विषयमा स्नातक पास गरेको भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
रणवीर सिंह पनि पढ्ने कलाकारको सूचीमा पर्छन। उनले इण्डियाना युनिभर्सिटीबाट ग्राजुएशन गरेका छन्। उनी हाल आफ्नो आगामी फिल्म सिम्बामा व्यस्त छन् । अभिनेता भन्दा पनि खलपात्र भूमिकामा बढी देखिने कलाकार सोनु सुद पनि पढेका कलाकारमा गनिन्छन् । उनले यशवंतराव चौहान कलेजबाट इलेक्ट्रोनिक्समा इन्जिनियरिङ्ग डिग्री गरेका छन्
July 12, 2018 10:58 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :