Thursday 2nd April 2026

बागलुङमा माटाको ढिस्कोले पुरिएर मृत्यु

8 years अगाडी

बागलुङ । माटाको ढिस्काले पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ।

अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए।

घटनाबारे थाहा पाएपछि स्थानीयवासीले तिनको उद्धार गरेका थिए।

          July 12, 2018 11:00 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...