५ दिनमै प्रधानमन्त्री प्रचण्डको बोली झुट साबित, बिदा घटाउनुको साटो बढाउने निर्णय
काठमाण्डाै – सार्वजनिक बिदा कम गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफैँ गरेको भाषण पाँच दिनमै गलत साबित भएको छ ।
गएकाे २४ गते मङ्गलवार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहमा समस्या भएको र सरकारी काम प्रभावित भएको भन्दै सार्वजनिक बिदा कम गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै भएका कारण नागरिकका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
तर आज आइतवारमात्रै भाेलि साेमवार फागुन १ गते जनयुद्ध दिवसको दिन बिदादिने निर्णय गरेर आफ्नै बोलीलाई प्रधानमन्त्री प्रचण्डले झुट साबित गर्नुभएको छ । त्यति बेला उहाँले बिदा घटाउने बारेमा मन्त्रिपरिषदमा पनि छलफलसमेत गरेको जानकारी दिनुभएको थियो ।
यो वर्षका लागि सरकारले शनिवारबाहेक ४३ वटा सार्वजनिक बिदा दिएको छ । तर बीच–बीचमा मन्त्रिपरिषद्को बैठकले अरू थुप्रै पर्व, दिवस र शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिरहेको छ । उज्यालो
February 13, 2023 2:13 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना