अविरल वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित
काठमाडाैं, २८ असार । रातीदेखि परेको पानीका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् काभ्रेको बनेपामा बाढीले पुल नै छोपिएपछि अरनिको राजमार्ग अवरुद्ध बनेको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछापलगायत ठाउँमा ओहोरदोहोर गर्ने कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ । यस्तै, भक्तपुरका विभिन्न ठाउँ समेत डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।त्यस्तै वर्षाका कारण पहाडी जिल्लामा कतिपय कच्ची सडक समेत अवरुद्ध बनेका छन् यस्तै वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक गएरातीदेखि रोकिएको हो । राति १० बजे पहिरो खस्न सुरु भएको र १२ / १ बजेसम्म खसिरहेको प्रहरीले बताएको छ ।पहिरोका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधन बीचैमा अलपत्र परेका छन् । बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडकसञ्चालन हुन सकेको छैन ।
July 12, 2018 11:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना