

ओलीसँगकाे भेटपछि प्रधानमन्त्री प्रचण्डकाे प्रतिक्रिया, ‘गठबन्धन टुट्ने–भत्कने कुरै छैन’

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटमा रहेकाे ओली निवासमा आज शुक्रवार दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।
भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक/दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।’
एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री प्रचण्डसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको चुनाव नजिकिँदै गएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आउनुभएको छ भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आउनुभएको छ । उज्यालो
February 18, 2023 3:27 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

