ओलीसँगकाे भेटपछि प्रधानमन्त्री प्रचण्डकाे प्रतिक्रिया, ‘गठबन्धन टुट्ने–भत्कने कुरै छैन’
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटमा रहेकाे ओली निवासमा आज शुक्रवार दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।
भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक/दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।’
एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री प्रचण्डसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको चुनाव नजिकिँदै गएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आउनुभएको छ भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आउनुभएको छ । उज्यालो
February 18, 2023 3:27 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना