काठमाण्डाै उपत्यकामा एकै दिन ३ हजार १ सय ४८ जना चालक कारबाहीमा
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – ट्राफिक प्रहरीले एकै दिन काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ जना चालकलाई कारबाही गरेको छ ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार चलाएको विशेष कारबाहीमा काठमाण्डाै, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार जनाभन्दा धेरै चालकलाई कारबाही गरेको हो ।
कार्यालयले जाँड–रक्सी खाएर गाडी चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताउनुभयो । उज्यालो
February 27, 2023 2:53 pm | रोचक,समाजप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न,(१०९) जनाले रक्तदान गरे
नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने
नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
सहकारी सुधारमा इटहरी : सञ्चालकको सम्पत्ति विवरण माग गर्ने, अटेर गर्ने सहकारीलाई कारबाही
तमू समाज कुवेतद्धारा “आठौ बृहत रक्तदान कार्यक्रम” मे ३ तारिख गर्ने
कुवेतमा नेपाली चलचित्र ‘अगस्त्य’ मार्च १४ बाट प्रदर्शन हुने भएको छ
Loading...