काठमाण्डाै उपत्यकामा एकै दिन ३ हजार १ सय ४८ जना चालक कारबाहीमा
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – ट्राफिक प्रहरीले एकै दिन काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ जना चालकलाई कारबाही गरेको छ ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार चलाएको विशेष कारबाहीमा काठमाण्डाै, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार जनाभन्दा धेरै चालकलाई कारबाही गरेको हो ।
कार्यालयले जाँड–रक्सी खाएर गाडी चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताउनुभयो । उज्यालो
February 27, 2023 2:53 pm | रोचक,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...