Thursday 2nd April 2026

कोटेश्वर– जगातीमा सार्वजनिक र नीजि सवारीलाई छुट्टाछुट्टै लेन

8 years अगाडी

काठमाडौं,  असार । दुर्घटना न्युनिकरणका लागि काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको जगातीसम्मको सडकखण्डमा साना गाडी र ठूला सवारी साधनका लागि छुट्टाछुट्टै लेन छुट्याइएको छ ।सवारी दुर्घटना बढीरहेका बेला ट्राफिक प्रहरीले सो रुटमा सार्वजनिक साधन र कार तथा मोटरसाइकललाई छुट्टै लेन छुट्याएको छ भने टिप्पर, ट्रक तथा बसहरुलाई छुट्टै । ठूला तथा हेब्बी सवारी साधनहरु साना सवारी साधन गुड्ने लेनमा आउन पाउने छैनन् । नियम आगामी असार १ गतेदेखि लागु हुनेछ ।

बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि सवारीसाधनका लागि फरक फरक लेन छुट्याइएको हो । ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार दुर्घटना न्यूनीकरणका लागि लेन छुट्याइएको बताए । उनले भने, ‘ठूला तथा मालवाहक सवारी साधन पहिलो लेनमा मात्र चलाउनुपर्नेछ, दोस्रो लेनमा कार तथा मोटरसाइकल चालकहरुलाई छुट्याइएको छ ।’सवारी संचालनमा लेन विभाजनले साना सवारी साधनलाई राहत पुग्ने अनुमान गरिएको छ । त्यस्तै टिप्परहरुलाई उपत्यकामा समयअवधि समेत तोकिएको छ । बिहान ५ बजेपछि तथा बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन नदिने निर्णय भएको छ ।

          July 12, 2018 11:20 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...