Thursday 2nd April 2026

सामजिक विकृति रोक्न युवाकाे नैतिक शक्ति बलियो बनाउनु पर्छ : पूर्व मन्त्री ढकाल

8 years अगाडी

काठमाडाैँ। पूर्वमन्त्री एकनाथ ढकालले क्याम्बोडियाको बेल्टी इन्टरनेसनल विश्वबिद्धालयमा आयोजित युवा सम्मेलनमा सम्बोधन गरेका छन्। सामजिक समस्याहरुको समाधानमा युवा वर्गको भूमिका बिषयक कार्यक्रममा बोल्दै पूर्व मन्त्री ढकालले बढ्दो व्यक्तिवाद,अनैतिकता, नैराश्यता, नकारात्मक चिन्तन, अज्ञानता  तथा अतिवादको कारण विश्व भरिका युबाहरु आक्रान्त पारेको बताउदै समाधानको लागि युबहरुनै अघि बढ्नु पर्ने बताए।

नेता ढकालले समाजका बिकृति र बिशंगतिको बिरुद्धमा लड्न युबाहरुको नैतिक शक्ति बलियो बनाउनु पर्नेमा जोड दिए। ढकालले युबाहरुलाई सार्बजनिक सोंचको विकास गर्न, स्वयमसेवाको संस्कार विकास गर्न तथा आफ्नो नमुना मार्फत अरुलाई प्रभावित बनाउन प्रोत्साहित गरे।

बेल्टी इन्टरनेसनल विश्व बिदद्यालयका अध्यक्ष तथा सांसद डा. लि चेङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममामा क्याम्बोडिया, थाईल्याण्ड, फिलिपिन्स, नेपाल, भारत, मलेसिया, चीन, सिंगापुर, कोरिया, जापान लगायत देशका विश्व बिद्धलायाका ५०० बिद्धार्थी हरुको सहभागिता रहेको थियो । पूर्व मन्त्री ढकालले विश्व बिदद्यालयका  विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए।

          July 12, 2018 11:34 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...